१० कार्तिक २०८३, मंगलबार

पूर्वपरराष्ट्र उपसचिव जोशीको निधन

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ मंसिर । पूर्व परराष्ट्र उपसचिव सत्य प्रसाद जोशीको निधन भएको छ ।

जोशीको हेम्स हस्पिटल मण्डीखटार काठमाडौँमा हृदयघातका कारण गएको मंसिर २४ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।

डोटी जिल्लाको सिलगढी निवासी सत्य प्रसाद जोसी विभिन्न देश विदेशमा परराष्ट्र सेवामा लगभग २६ वर्ष भन्दा बढी सेवा गरी निवृत भई रसिया, भारत, बङ्गलादेशको वाणिज्य दुतावास तथा राजदुतावासमा प्रथम सचिव र परराष्ट्र वरिष्ठ उपसचिवको हैसियतले सेवा समेत गरेका थिए ।

उनी सबैका मिलनसार कर्तव्यनिष्ठ जिम्मेवार बोध गर्ने राष्ट्र सेवकको पहिचान थिए ।

पारिवारिक स्रोतका अनुसार स्वर्गीय जोशीका श्रीमतीसहित चार छोरीहरू रहेका छन् ।