
काठमाडौं, २७ मंसिर । गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले नेपालको निरपेक्ष गरिबी निवारण गर्न देशमा क्रियाशील सबै राजनीतिक पार्टी उत्तिकै जिम्वेवार हुनुपर्ने बताएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिकामा गरिबी निवारण कोषले विगतमा प्रवर्धन गरेका सामुदायिक संस्थालाई सहकारीकरण गर्न आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

सो अवसरमा शिवराज नगरपालिकाका प्रमुखले गरिब जनताको आर्थिक अवस्था सुधार्न शिवराज नगरपालिका एकतावद्ध भएर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । यस्तै नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले गरिबी निवारण कोषले निर्माण गरेको सामाजिक पूँजी मर्न नहुने बताए ।
भेलाले सो प्रयोजनका लागि पालिकाका क़ानूनी सल्लाहकार शरद अधिकारीको संयोजकत्वमा एक समिति समेत गठन गरेको छ ।















प्रतिक्रिया