६ मंसिर २०८३, आइतबार

पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा हुने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ मंसिर । पहाडी भू–भागका केही स्थानमा शनिबार हल्का वर्षा हुने सम्भावना रहेको छ ।

हिमाली भू–भागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका क्षेत्रमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएकाले सडक र हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको छ । हुस्सु लागेको समयमा दुर्घटनाको जोखिम धेरै हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्नेछ ।

पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकोले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।