
काठमाडौं, २६ मंसिर । पछिल्लो २४ घण्टामा देशभर ११ जना संक्रमितले ज्यान गुमाएका छन् ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६७४ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ४४ जना नयाँ संक्रमित थप भएका छन् ।
पीसीआर विधिबाट ७ हजार ४१४ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ४६ हजार ६९४ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २७१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ३२ हजार ८७२ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा १८ लाख २० हजार ६१८ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १२ हजार १४८ जना आइसोलेसन र ५१९ जना क्वारेन्टिनमा छन् ।















प्रतिक्रिया