१० कार्तिक २०८३, मंगलबार

पाल्पामा २० वर्षीया युवतीमाथि करणी गरेको अभियोगमा पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २६ मंसिर । पाल्पामा २० वर्षीया युवतीलाई करणी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली रहेका छन् ।

नेपालीले मादक पदार्थ सेवन गरी युवतीलाई करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।