
काठमाडौं, २६ मंसिर । भक्तपुर, महोत्तरी, बर्दिया र तेह्रथुमका विभिन्न स्थानमा बिहीबार ४ जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–४ फुलबारी डेरा गरी बस्ने काभ्रे खानीखोला गाउँपालिका–७ घर भएकी ३६ वर्षीया अन्तरीमाया थिङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् ।
यस्तै महोत्तरीको बर्दिबास नगरपालिका–१४ सुभम बस्ती बस्ने गोमा श्रेष्ठको घरको बाथरुममा धनुषा मुखियापट्टी मुसरनिया गाउँपालिका–२ बस्ने २८ वर्षीय बेचन महतो मृत अवस्थामा फेला परेका छन् भने बर्दियाको राजापुर नगरपालिका–७ बेलासाका ६३ वर्षीय तुल्सिराम थारु आफ्नै घरदेखि करिब ३ किलोमिटर टाढा कुलोमा मृत अवस्थामा फेला परेका छन् ।
त्यस्तै तेह्रथुम, फेदाप गाउँपालिका–१ स्थित कोया खोला र तमोर नदीको दोभानमा सोही गाउँपालिका–१ का ६१ वर्षीय शेरबहदुर तामाङ मृत अवस्थामा फेला परेका छन् ।
घटनाहरुसम्बन्धी स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।















प्रतिक्रिया