२ कार्तिक २०८३, सोमबार

विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो, १५ लाख ८७ हजारले गुमाए ज्यान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ मंसिर । विश्वभर कोरोना भाइरबाट संक्रमितको संख्या ७ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६१ हजार ८०६ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ७ करोड ६ लाख ८३ हजार नाघेको हो ।

शुक्रबार बिहानसम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ८८ हजार ४३७ पुगेको छ ।

बितेको २४ घण्टामा १२ हजार ५४६ जना संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

अहिलेसम्म ४ करोड ९१ लाख ३० हजार ७७ जना संक्रमणमुक्त भएका छन् ।

हाल विश्वमा १ करोड ९९ लाख ६५ हजार ८५० सक्रिय संक्रमित छन् । तीमध्ये १ लाख ६ हजार ८२२ जना गम्भीर बिरामी छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६० लाख नाघेको छ । त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन् ।