१० कार्तिक २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, २५ मंसिर । हिलिहाङ गाउँपालिका दुवीचौरस्थित सडकमा मे. ४ प ८९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रबीण कालीकोटेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका २ बस्ने २० वर्षीया मुना पाख्रिनलाई सोही अस्पताल हुँदै थप उपचारका लागि बिर्तासिटी अस्पताल झापा पठाइएको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।