१० कार्तिक २०८३, मंगलबार

करिब ३३ लाख रुपैयाँ बराबरको अवैध कपडा बरामद

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

मोरङ, २५ मंसिर । अवैध भन्सार छली चोरी पैठारी गरी अवैध रुपमा भण्डारण गरेको करिब ३३ लाख रुपैयाँ बराबरको ३ हजार २ सय ८३ पीस सर्ट, २३ पीस जम्फर र ३५ पीस पाईन्ट प्रहरीले बरामद गरेको छ ।

विराटनगर महानगरपालिका ७ जलजला चोकस्थित तरुण कुमार साह (रौनियार)को गोदामबाट बिहीबार दिउँसो प्रहरीले बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बरामद गरेको उक्त कपडा आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा पठाइने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।