
काठमाडौँ, २५ मंसिर । स्वास्थ्य अनुसन्धान प्रबर्धन गर्ने राष्ट्रिय निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को साझेदारीमा वर्ल्ड भिजन इन्टरनेशनले आज एक प्रतिवेदन सार्वजानिक गरेका छन् ।
उक्त प्रतिवेदनले माहिनावारी स्वच्छता व्यवस्थापनबारे किशोरीहरूको ज्ञान, दृष्टिकोण र अभ्यासलाई विस्तृत रुपमा विश्लेषण गरेको छ ।
महिनावारीबारे पर्याप्त ज्ञान नहुनुका साथै किशोरीहरूले धार्मीक कृयाकलाप, खाद्य उपभोग जस्ता कार्यहरुमा प्रतिबन्ध सामना गर्दै आएको “नेपालमा किशोरीहरूको माहिनावारी स्वास्थ्य तथा स्वच्छता व्यवस्थापन अवस्था” नाकम अनुसन्धानको निष्कर्ष रहेको छ । १०—१९ उमेर समुहको ३,६७५ जना किशोरीहरुमाझँ गरिएको उक्त सर्वेक्षणले पहिलो महिनावारी अनुभव गरेका फरक सक्षमता भएका किशोरीहरुलाई पनि समेटेका छन् भने आमाहरुले महत्वपूर्ण जानकारीे प्रदान गर्नुका साथै महिनावारीमा के गर्नु हुन्छ हुदैन सिकाउने गरेको तथ्य प्रस्तुत गरेका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र वल्र्ड भिजनको संयुक्त प्रतिवेदनले नेपालको सात प्रदेशहरुमध्ये ताीनवटामा छाउपडि प्रथा अहिले पनि चलनामा रहेको र सुदूरपश्चिम प्रदेशमा व्यापक रहेको कुरलाई जोड दिएको छ ।
“छाउ गोठमा राती एक्लै बस्न र सुत्न डरलाग्दो हुन्छ । महिनावारीको बेलामा हामीलाई केही भयो भने घरपरिवारलाई केही थाहा पनि हुदैँन । यो प्रमुख समस्या हो ।” अछाम जिल्लाका एक किशोरी बताउछिन् ।
फरक सक्षमता भएका किशोरीहरुको माहिनावारी स्वास्थ्य तथा स्वच्छता व्यवस्थापन सम्बन्धि आवश्यकताहरु बेवास्ता भएको तथ्यलाई पनि उक्त सर्वेक्षणले प्रस्तुत गरेका छन् ।
घरभन्दा बहिर माहिनावारीको समयमा आवश्यक साम्रगी तथा अपाङ्गमैत्री पानी, सरसफाइ र स्वच्छता सुविधाहरु हुनुपर्ने कुरामा उनीहरुले जोड दिएका छन् ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको स्वास्थ्य तथा पोषण पोर्टफोलियो प्रबन्धक अभिलाषा गुरुङ्ग भन्नुहुन्छ, “महिनावारी सम्बन्धि हानीकारक अभ्यासहरु, अपर्याप्त ज्ञान तथा खराब महिनावारी स्वास्थ्य र स्वाच्छता व्यवस्थापनले किशोरी तथा महिलाहरुको मनोवैज्ञानिक स्वास्थ्यमा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछ, फलस्वरुप उनीहरुको सम्रग स्वास्थ्य स्थितीमा असर पर्न जान्छ । नेपाल सरकारको सक्रिय सझेदार भएकाले वल्र्ड भिजन संघिय सरकारलाई प्रदेशिक तथा स्थानिय सरकारहरुसँग समन्वयगरि भएका अन्तरहरु निर्मुल गर्न आवश्यक निति, नियम तथा योजना तर्जुमा गर्न अनुरोध गर्दछ ।”
दिगो, कम लागत पर्ने र वातावरण मैत्री सरसफाइ साम्रगी उत्पादन तथा वितरण प्रोत्साहन गर्नुका साथै निःशुल्क प्याड वितरण कार्यक्रम जस्तै माहिनावारी स्वास्थ्य तथा स्वच्छता सम्बन्धि सरकारको कार्यक्रमहरुको अनुगमन तथा पर्यवेक्षण तीब्र गतिमा गर्न उक्त राष्ट्रिय सर्वेक्षणले नेपाल सरकारलाई सिफारिस गरेका छन् ।
साथै, छात्रामैत्री विद्यालयहरु निर्माण र किशोरीहरूको क्षमता अभिवृद्धी गरी आफ्नो आवश्यकताहरुबारे सबैसँग खुलेर बोल्न सक्ने बनाउन बजेट विनियोजन गर्न पनि अनुरोध गरेका छन् ।















प्रतिक्रिया