१० कार्तिक २०८३, मंगलबार

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ मंसिर । सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयले गरेको सिफारिसलाई सदर गर्ने निर्णय गरेको हो । मन्त्रालयको बढुवा समितिले मंसिर १५ मा पछि थपिएको एउटा सिटमा पोखरेललाई बढुवा गर्न सिफारिस गरेको थियो ।

यद्यपि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अतिरिक्त महानिरीक्षक पद थप्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको भएपनि सरकारले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको छ ।

सरकारको यो निर्णयसँगै पोखरेल भावी प्रहरी महानिरीक्षकको निम्ति तयार भएका छन् ।