२ कार्तिक २०८३, सोमबार

सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार यी ठेकेदार कम्पनी परे कालोसूचीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार केही ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदार कम्पनीहरु साइनो छापाखाना, राजवंशी निर्माण सेवा, श्री साई इम्पेक्स र केडीएम इन्टरनेशनल प्रालिलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा परेका सबै कम्पनीलाई १/१ वर्षको कारवाही गरिएको हो । कालोसूचीको अवधि हिजो बुधबारदेखि नै लागू भइसकेको बताइएको छ ।

सार्वजनिक खरिद ऐनको प्रावधान अनुसार तोकिएको समयभित्र निर्माण नसक्ने निर्माण व्यवसायी वा तोकिएको परिमाण, गुणस्तर र समयमा आपूर्ति गर्न नसक्ने आपूर्तिकर्ता वा तोकिएको समयमा परामर्श सेवा दिन नसक्ने परामर्शदाता कम्पनीलाई कार्यालयले कालोसूचीमा राखेर कारबाही गर्न सक्ने व्यवस्था छ ।