२ कार्तिक २०८३, सोमबार

छोरीले गरिन् बुबाको हत्या, आखिर किन ?

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

उदयपुर, २५ मंसिर । जिल्लाको लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाउँकी अनिशा पुलामी मगरले आफ्नै बुबाको हत्या गरेकी छिन् ।

आफनै बुबाको हत्या गरेको अभियोगमा २८ वर्षीया मगरलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अनिशाले आफ्ना बुबा ५५ वर्षीय नेत्रबहादुर पुलामीलाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार अनुसार मंगलबार गाउँकै एउटा विवाह कार्यक्रममा सहभागी भएका नेत्रबहादुरले मदिरा सेवन गरेर घर फर्किएको र आफ्नी श्रीमती अस्मितालाई कुटपिट गरेका थिए ।

आफ्नी आमालाई कुटपिट गरेको खबर सुनेपछि अनिशाले माईतीमा पुगेर बुबा नेत्रबहादुरमाथि कुटपिट गर्दा उनको मृत्यु भएको हो ।