
काठमाडौँ, २५ मंसिर । कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट धनगढी उपमहानगरपालिका २ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनमा मंसिर १८ गते संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
सेती प्रादेशिक अस्पतालमा उनको वुधबार राती मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा कडा खालको निमोनिया थियो ।















प्रतिक्रिया