१० कार्तिक २०८३, मंगलबार

उदयपुरमा आफ्नै बाबुलाई कुटेर छोरीले ज्यान लिइन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट, २५ मंसिर । उदयपुर जिल्लामा आफ्नै बुबाको हत्या अभियोगमा २८ वर्षीया छोरी अनिसा पुलामी मगर पक्राउ परेकी छिन् ।

५५ वर्षीय नेत्रबहादुर पुलामी मगरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा लिम्चुङबुङ गाउँपालिका–२ डाँडागाँउ बस्ने अनिसा पक्राउ परेकी हुन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको जनाएको छ ।

घरायसी झगडामा मंगलबार अनिसाले कुटपिट गर्दा घाइते भएका नेत्रको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।