काठमाडौं, २५ मंसिर । पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
देउवा निवास बुढानिकलण्ठमा बिहान ९ बजे पदाधिकारी बैठक बस्नेछ ।
सरकारविरुद्ध सोमबारका लागि तय गरिएको विरोध प्रदर्शनका सन्दर्भमा छलफल हुने सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।
बैठकमा २९ गतेको विरोधको बारेमा छलफल हुनेछ ।











प्रतिक्रिया