६ मंसिर २०८३, आइतबार

सभापतिमा दाबी गरेका कांग्रेस नेता डा.कोइराला सुटुक्क दिल्ली उडे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका डा।कोइराला बुधबार दिउँसो नयाँदिल्ली प्रस्थान गरेको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

डा।कोइराला पश्चिम बंगालस्थित बागडोग्रा विमानस्थलबाट नयाँदिल्ली उडेका हुन् । केही हप्ता अगाडि नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरीहरू रेणु दाहाल र गंगा दाहाल यही विमानस्थल हुँदै नयाँदिल्ली गएको समाचार बाहिरिएको थियो ।

डा।कोइराला आफ्ना जेठा दाजु निरञ्जन कोइरालाको स्वास्थ्य अवस्था बुझ्न नयाँदिल्ली गएको उनका स्वकीय सचिव थपलियाले बताएका छन् ।

निरञ्जन कोइराला कोरोनाभाइरस संक्रमण भएपछि दिल्लीको म्याक्स अस्पताल भर्ना भएका छन् ।

कांग्रेस नेता डा।कोइरालाले नयाँदिल्लीमा भारतीय उच्च नेताहरूसँग पनि भेटवार्ता गर्नेछन् ।