काठमाडौं, १२ चैत । विकसित देशका विद्यार्थीसमेत नेपालमा मेडिकल शिक्षा लिन आउने भएका छन् ।
अर्बिट मेडिकल इन्ट्रान्सको पहलमा बेलायत, अमेरिका र हङकङबाट ३५ विद्यार्थी नेपालमा एमबीबीएस पढ्न आउन लागेका हुन् ।
अर्बिट मेडिकल इन्ट्रान्सका अध्यक्ष सुनिल रेग्मीले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाका लागि उनीह नेपाल आउन लागेको बताए ।
२०१५ अगस्ट सेसनदेखि उनीहर नेपाल आउने जनाइएको छ ।
रेग्मीले भने, ‘नेपालमा मेडिकल शिक्षा सस्तो र गुणस्तरीय हुनुका साथै राम्रो वातावरण भएकाले विदेशबाटसमेत नेपाल आउन लागेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
यसअघि छिमेकी देश भारतबाट मेडिकल पढ्नका लागि नेपाल आउने गरेका भए पनि युरोप तथा अमेरिकाजस्ता विकसित मुलुकबाट आएका थिएनन् ।















प्रतिक्रिया