२ कार्तिक २०८३, सोमबार

बायर्न म्युनिकसँग मस्को पराजित, च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २५ मंसिर । बायर्न म्युनिक समूह ‘ए’ को विजेता बन्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ ।

दुई खेलअघि नै नकआउट चरणमा पुगेको बायर्नले समूह चरणको आफ्नो अन्तिम खेलमा मस्कोलाई २–० ले पराजित गर्दै समूह विजेता बनेको हो।

आफ्नो घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि निक्लस सुले र इरिक म्याक्सिम मोटिङले गोल गरे। पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बायर्नले दोस्रो हाफमा दुई गोल गर्दै जित निकालेको हो ।

खेलको ६३ औं मिनेटमा सुलेले गोल गरे। ८० औं मिनेटमा इरिक म्याक्सिम मोटिङ गोल गरेपछि बायर्नले मस्कोलाई २–० गोलले पराजित गरेको छ ।