१० कार्तिक २०८३, मंगलबार

महिला आन्दोलनबारेको ‘एक शताब्दी’ पुस्तक लोकार्पण

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ मंसिर । महिला सुरक्षा दबाब समूहद्वारा प्रकाशित नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी नामक पुस्तक लोकार्पण भएको छ ।

काठमाडौंका बिजुलीबजारस्थित लेखन कुञ्जमा आयोजित कार्यक्रममा राज्य ब्यबस्था तथा सुसाशासन समितिकी सभापति शशि श्रेष्ठ, नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री हिसिला यमी, महिला सुरक्षा दबाब समूहकी अध्यक्ष साबित्रीजंगम थापा, उपाध्यक्ष कल्याणी शाह , घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकाल, बरिष्ठ पत्रकार एबं पुस्तकका सम्पादक टंक पन्तले सामूहिक रुपमा लोकार्पण गरेका थिए ।

पुस्तकमा नेपाली महिलाको सिंगो इतिहास समेटिएको छ । लोकार्पण समारोहमा उपस्थित हुन नसकेका बिभिन्न राजनीतिक दलका नेतृहरू, नागरिक संगठनका अगुवाहरू, महिला आन्दोलनका अभियान्ताहरूलगायत धरै जनाले भर्चुवल मार्फत सहभागी भएर सिगो नेपाली महिला आन्दोलनको इतिहास समेटिएको पहिलो ऐतिहासिक पुस्तक प्रकाशन भएको भनी शुभकामना दिएका थिए ।

घोष्टराइटिङ नेपालको प्रकाशन ब्यबस्थापनमा प्रकाशित पुस्तक ६ सय ५२ पृष्ठको रहेको छ । राजनीति, सामाजिक, महिला अधिकार तथा विकास, प्रशासन र कानून, शान्ति र सुरक्षा, आर्थिक बिकास, स्वास्थ्य र शिक्षा, धर्म संस्कृति र साहित्य, संचार, ट्रेड युनियन, संगीत र कला, खेलकुद र इतिहासका बिषयमा थुप्रै विद्वानहरूले रचना लेखेका छन् ।

राष्ट्रपति बिद्यादेवी भण्डारीले पनि शुभकामना दिएको नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी पुस्तकमा सेमेटिएका बिषयहरूले यो क्षेत्रमा काम गर्ने र अध्ययन अनुसन्धान गर्नेहरूका लागि निकै सहयोगी हुने विश्वास लोकार्पण बोल्ने बक्ताहरूले गरेका छन् ।