
काठमाडौँ, २३ मंसिर । नेत्रविक्रम चन्द विप्लव समूहको नेकपाले मोरङ मिक्लाजुङ गाउँपालिका १ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ ।
उक्त समूहको मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मा लिएको हो । विज्ञप्तिमा श्रेष्ठले पार्टीविरुद्ध सुराकी गरेको र पटकपटक सम्झाउँदा पनि नमानेको बताउँदै मंगलबार प्रतिकार क्रममा मृत्यु भएको दाबी गरिएको छ ।
यद्यपि प्रहरीका अनुसार भने मंगलबार विहानै अपहरण गरी घाँटी रेटेर श्रेष्ठका हत्या गरिएको हो ।
विप्लव समूहको नेकपाले भने ‘सुराकी’ गरेको आरोप लगाएको छ । त्यस्तै श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
पटकपटक पार्टीका नेता तथा कार्यकर्ता गिरफ्तारमा सुराकी गरेको र त्यसो नगर्न सम्झाएको र चेतावनी समेत दिँदा नमानेको समूहको मेची कोशी ब्यरो इन्चार्ज प्रतापले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
















प्रतिक्रिया