९ कार्तिक २०८३, सोमबार

७ वर्षीयामाथि करणी मुद्दाका फरार आरोपित पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २३ मंसिर । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी नरैनापुर गाउँपालिका २ बस्ने २४ वर्षीय हेमन्त कुमार शर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

२०६६ कात्तिक २७ गते राति ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा जिल्ला अदालत बाँकेको २०६८ असार ३१ गतेको फैसलाले १० वर्ष कैद सजाय भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई कैद सजाय भुक्तान असुलका लागि कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।