
गुल्मी, २३ मंसिर । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मालिका गाउँपालिका ४ भुसपोले बस्ने ४५ वर्षीय जिवा गिरी, सोही गाउँपालिका ५ हिले बस्ने २६ वर्षीय मोहोन कार्की र सोही गाउँपालिका ४ सैरीपोखरा बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
उनीहरुले ती किशोरीलाई जबरजस्ती करणी गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खाबाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया