
रुपन्देही , २३ मंसिर । देवदह नगरपालिका १० भलुहीसबाट १ थान कस्तुरीको विनासहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेव गाउँपालिका २ बस्ने ३२ वर्षीय सुकुरदिन मिया, रुपन्देही देवदह नगरपालिका १० बस्ने बागलुङ नगरपालिका ६ घर भएका ३८ वर्षीय रमेश विक र रुपन्देही बुटवल उपमहानगरपालिका ११ बस्ने २९ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।
वन्यजन्तु कस्तुरीको विना ओसारपसार एवं कारोवार हुँदै छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उक्त विना सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया