२ कार्तिक २०८३, सोमबार

मंगलबार थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १६२१ जना डिस्चार्ज

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ३८२ जना नयाँ संक्रमित थप भएका छन् ।

पीसीआर विधिबाट ८ हजार ९४७ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख २९ हजार ५४ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २३ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६३७ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १२ हजार ६८६ जना आइसोलेसन र ५२३ जना क्वारेन्टिनमा छन् ।