२ कार्तिक २०८३, सोमबार

सार्कलाई सक्रिय बनाउन प्रधानमन्त्री ओलीको जोड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् ।

३६औं सार्क चार्टर डे को उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले स्थापनाको ३६ वर्षमा सार्कले साझा फोरमको रुपमा धेरै ठोस प्रगतीहरु गरेको र साझा समझदारी र सहकार्यलाई प्रवर्द्धन गरेको स्मरण गर्दै यसलाई गति दिनुपर्नेमा जोड दिएका हुन् ।

‘शिखर सम्मेलन जतिसक्दो चाँडो आयोजना गरेर अवरुद्ध सार्क प्रक्रियालाई ताजा गति दिँदा जनतमा आशा जगाउन र आगाडि बढ्ने आधार तयार पार्न सकिन्छ’, ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

अवरुद्ध सार्कलाई अगाडि बढाउनका लागि राजनीतिक इच्छाशक्ति र प्रतिवद्धता आवश्यक रहेको पनि उनले बताएका छन् ।

सन् २०१४ मा सार्क सम्मेलन सम्पन्न भएपछि अन्य सम्मेलन अवरुद्ध हुँदै आएको छ । पाकिस्तानमा सन् २०१६ को नोभेम्बरमा आयोजना गर्न तयारी गरिए पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण उक्त सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।