९ कार्तिक २०८३, सोमबार

बिरामीको मृत्यु भएपछि आफन्तले गरे काठमाडौँ मेडिकल कलेजमा तोडफोड

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ मंसिर । बिरामीको मृत्यु भएपछि काठमाडौँ मेडिकल कलेजमा तोडफोड भएको छ ।

एक महिलाको मृत्यु भएपछि अस्पतालमा बिरामीका आफन्तले तोडफोड गरेको महानगरीय प्रहरी वृत्त, गौशालाले जनाएको छ ।

तोडफोडबाट करिब १० १२ झ्याल फुटेको प्रहरीले जनाएको छ ।

अस्पतालमा तोडफोडको गरेको अभियोगमा प्रहरीले ९ जनालाई नियन्त्रण लिएको छ ।

मंगलबार बिहान १ बजे अस्पतालमा उपचाररत नागार्जुन नगरपालिका ५ छगडोलकी ५८ वर्षीया लक्ष्मी कुँवरको मृत्यु भएको थियो ।

’चिकित्सकका अनुसार उनको विभिन्न अंगहरू नचलेको र हृदयघातबाट मृत्यु भएको हो,’डिएसपी भण्डारीले भने, ’यो कुरामा आफन्तहरूलाई चित्त नबुझेपछि तोडफोड भएको हो।’

पीडित पक्षले बिरामीको के कारणले मृत्यु भयो भन्नेबारे प्रस्न उठाएका छन् । अस्पताल र पीडित पक्षबीच छलफल भइरहेको जनाइएको छ ।