२ कार्तिक २०८३, सोमबार

यूकेमा ९० वर्षीया महिलाले लगाइन् कोभिड–१९ विरुद्धको पहिलो खोप

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । यूकेमा कोरोना भाईरस (कोभिड–१९) विरुद्धको पहिलो खोप एक ९० वर्षीया महिलाले लगाएकी छिन् ।

यूकेमा देशव्यापी कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउने उनी पहिलो महिला बनेकी हुन् ।

आगामी साता ९१ वर्ष पुग्ने मार्गारेट कीननले खोपलाई ‘सबैभन्दा राम्रो जन्मदिनको उपहार’ पाएको बताएकी छन् ।

बीबीसीले प्रकाशित गरेको समाचार अनुसार उनलाई स्थानीय समयअनुसार ६ बजेर ३१ मिनेटमा फाइजर÷बायोएनटेकले विकास गरेको खोप दिइएको हो । सो खोपको ८ लाख मात्रा आगामी केही सातामा यूकेमा लगाइने योजना छ ।

यो महिनाको अन्त्यसम्ममा यूकेमा ४० लाखलाई खोप लगाइने बताइएको छ । सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने छ ।

यूके फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो । यूकेले सो खोपको ४ करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ ।