२ कार्तिक २०८३, सोमबार

बालुवाटारमा शुरू भयो सर्वदलीय बैठक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । पछिल्लो राजनीतिक घटनाक्रमहरूका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेका सर्वदलीय बैठक बालुवाटारमा शुरू भएको छ ।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुका प्रतिनिधिहरु र पूर्वप्रधानमन्त्रीहरुको उपस्थितिमा उक्त बैठक शुरू भएको हो । बैठकमा राप्रपालाई भने निम्तो गरिएको छैन ।

प्राप्त सूचना अनुसार बैठकमा राजावादीहरुले गरेको पछिल्लो प्रदर्शनहरूका विषयमा छलफल हुने छ । राजावादीहरुले केही समय यता काठमाडौंसहित देशका मुख्य सहरहरुमा भव्य प्रदर्शन गर्दै आएका छन् ।

यसैबीच सर्वदलीय बैठकपूर्व मन्त्रिपरिषद बैठक सम्पन्न भएको छ ।