९ कार्तिक २०८३, सोमबार

लोकसेवाको सर्भर ह्याक गर्ने ३ जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ मंसिर । लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ३ जना पक्राउ परेका छन् ।

आयोगको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाएको आरोपमा प्रहरीले ३ जनालाई गरेको हो ।

पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई साइबर व्यूरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुरको सानागाउँ बस्ने २५ वर्षीय विवेक महर्जन, कास्कीको पोखरा बस्ने १७ वर्षीय किशोर र घारीपाटन बस्ने १५ वर्षीय किशोर छन् । उमेर नपुगेको हुनाले २ जनाको नाम गोप्य राखिएको छ ।

उनीहरुले लोकसेवाको सर्भर प्रयोग गरी कर्पोरेट र अन्य क्षेत्रका ९ हजार व्यक्तिलाई एसएमएस पठाएका थिए ।

उनीहरुमाथि विद्युतीय कारोबार ऐन–०६३ अनुसार अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।