९ कार्तिक २०८३, सोमबार

सुदूरपश्चिममा थपिए ८८ कोरोना संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ मंसिर । सुदूरपश्चिम प्रदेशमा गत २४ घण्टामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ४६, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ११, बझाङ्ग प्रयोगशालामा ९ र कमलबजार प्रयोगशालामा गरिएको परीक्षणमा २२ गरी ८८ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमा कैलालीका ३६, कञ्चनपुरका ७, अछामका २२, बैतडीका २, बझाङ्गका ९, डडेल्धुराका ११ र डोटीका १ जना रहेका छन् ।