
काठमाडौं, २२ मंसिर । नेपाली आधुनिक संगीतका अग्रज गायक जगतमर्दन थापाको निधन भएको छ ।
नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान १० बजे उनको निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
८५ वर्षका थापालाई कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको थियो । तर, कोरोनामुक्त भइसकेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो । छातीमा समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।















प्रतिक्रिया