
सुर्खेत, २२ मंसिर । अर्काको नाममा लोकसेवा आयोगको परीक्षा दिदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरेन्द्रनगर नगरपालिका–७ स्थित लोकसेवा आयोगको कार्यालय सुर्खेतबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा बर्दियाको ठाकुरद्वार नगरपालिका–३ की निशा रावत र दैलेखको भगवतीमाई गाउँपालिका–३ का २० वर्षीय सुरेन्द्र विक छन् ।
बर्दिया ठाकुरद्वार नगरपालिका–३ बस्ने कृष्ण रावतको नामबाट उनकै बहिनी निशा र जाजरकोट छेडागाड नगरपालिका–२ बस्ने धन बहादुर रावतको नामबाट सुरेन्द्रले परीक्षा दिईरहेका थिए ।
पक्राउ परेकाहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया