
काठमाडौं, २२ मंसिर । काठमाडौं महानगरपालिका–३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटीएम मेशिन फुटाउँदै गरेको अवस्थामा सिन्धुपाल्चोकका अनिल तामाङ पक्राउ ।
सिन्धुपाल्चोक बाह्रबीसे घर भएका १९ वर्षीय अनिल तामाङलाई आइतबार राति पक्राउ गरिएको प्रहरीले बताएको छ । उक्त एटीएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वटरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया