
काठमाडौं, २२ मंसिर । आज सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । सोमबारका लागि छापावाल सुनको मूल्य ९२ हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।















प्रतिक्रिया