९ कार्तिक २०८३, सोमबार

सरकारद्वारा पहिलो पटक परराष्ट्र नीति सार्वजनिक, सबैसँग मित्रता कसैसँग छैन शत्रुता

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ मंसिर । सरकारले पहिलो पटक एकीकृत परराष्ट्र नीति सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी आइतबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपालको परराष्ट्र नीति, २०७७’ सार्वजनिक गरेका हुन् ।

मन्त्री ज्ञवालीले यो सरकारले सबैसँग मित्रताको मन्त्र अवलम्बन गरेको बताए । उनले भने, ‘यो सरकार आइसकेपछि मन्त्र जस्तै बनायौँ । ‘सबैसँग मित्रता कसैसँग छैन शत्रुता’ भन्ने कुरालाई हामीले मन्त्र जस्तै बनायौं ।’

नीतिमा कुनै पनि देशलाई नजिकको वा टाढाको पार्ने नीति नरहेको मन्त्री ज्ञवालीले स्पष्ट पारे ।

परराष्ट्र नीतिले आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै जलवायु परिवर्तन, अन्तराष्ट्रिय क्षेत्रीय मञ्चमा नेपालको स्थान लगायतका विषयमा समेत जोड दिएको मन्त्री ज्ञवालीले बताए ।

स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिको सञ्जालबाट सावैभौमिक समानता, पारस्परिक लाभ र सम्मानमा आधारित बाह्य सम्बन्ध सुदृढ गर्दै समग्र राष्ट्रिय हितको सम्वर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्य परराष्ट्र नीतिले लिएको छ ।

नीतिमा अन्य मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई सम्मान गर्दै आपसी सुमधुर कुटनीतिक सम्बन्ध बनाउने उल्लेख छ । यस्तै अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्ने विषयलाई समेत समावेश गरिएको छ ।

विदेशमा पेशा, व्यवसाय र रोजगारीमा संलग्न नेपाली समुदाय र कानूनी व्यक्तिको हितको संरक्षण गर्ने विषय पनि परराष्ट्र नीतिमा समावेश गरिएको मन्त्री ज्ञवालीले बताए । उनले नेपालले लामो समय देखि अपनाउँदै आएको असंलग्न नीतिलाई निरन्तरता दिने समेत प्रष्ट पारे ।