
काठमाडौँ, २१ मंसिर । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अध्यक्ष पद छोड्न तयार रहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा सम्बोधनका क्रममा आफू पनि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका हुन् ।
उनले गणतान्त्रिक प्रणाली र पार्टी एकतालाई संस्थागत बनाउन व्यक्ति र पद ठूलो कुरा नभएको बताउँदै आफ्नै पालामा नेकपाको नेतृत्व नयाँ पुस्तालाई दिन आफू पनि तयार रहेको बताएका छन् ।
उनले यो परिवर्तन र पार्टी एकतालाई संस्थागत गर्ने विषयमा को अध्यक्ष हुने भन्ने विषय ठूलो कुरा नभएको बताएका छन् । उनले आफू छँदै नेकपाको नेतृत्व नयाँ पुस्तालाई दिन आफू अध्यक्ष छोड्न तयार रहेको बताएका हुन् ।
यसअघि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूले पार्टीको नेतृत्व नयाँ पुस्तालाई दिन चाहेको धारणा राखेका थिए ।
अध्यक्ष प्रचण्डले आजको बैठकमा पार्टीको विवाद समाधान नहुनुमा प्रधानमन्त्री ओलीमाथि दोष दिएका छन् । उनले प्रधानमन्त्री ओली सार्वजनिक रुपमा जवाफ दिन उत्रेको आरोप लगाएका छन् ।
यसैबीच आजको स्थायी समिति बैठकमा दुई अध्यक्षहरुको प्रस्ताव पेश गरिएको छैन । आज पार्टी भित्रको समस्याका विषयमा मात्रै छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले आजको बैठकमा सहभागी नहुनुका कारण तथा आफ्नो धारणा दुई पृष्ठको पत्र नेता ईश्वर पोखरेलमार्फत पठाएका थिए । स्थायी कमिटीको बैठक पुनः मंसिर २८ गते बस्ने भएको छ ।















प्रतिक्रिया