३० आश्विन २०८३, शुक्रबार

खानेपानी समस्या समाधान गर्न चिनियाँ कम्पनी र धरान उपमहानगरपालिकाबीच सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

IMG_0018

– सन्तोष काफ्ले

धरान, ११ चैत । धरानको खानेपानीको समस्या समाधानको लागि एसियाली विकास बैंकको सहयोगमा सुरु गरिएको महोत्वाकांक्षी परियोजनाको ठेक्का पाएको र तियान्जीनतुंदी जेभी र धरान उप महानगरपालिकाबीच बुधबार सम्झौता भएको छ ।

तियान्जीन जेभी चिनियाँ कम्पनी हाउजिङ वाटर कर्पोरेशन चाइना र नेपालको तुंदी कन्ट्रक्सन प्राली बीचको साझेदारी कम्पनी हो । सम्झौता अनुसार भ्याट सहित १ अर्ब ४८ करोड ७३ लाख १७ हजार रुपैयामा दूइबर्षमा ठेगेदार कम्पनीले काम सक्नु पर्ने छ ।

एसियाली विकास बैंक एडिबीको आर्थिक ऋण तथा अनुदान सहयोगमा एकीकृत शहरी विकास परियोजना अन्तर्गत संचालन भइरहेको खानेपानी योजनाको भौतिक निर्माण गर्ने विधिवत सम्झौता तियान्जीन जेभीसंग भएको हो ।

सम्झौता अनुसार ठेकेदार कम्पनी तियान्जीन जेभीले सम्झौता भएको मिति देखि दुई बर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने छ ।

धरान उपमहानगरपालिकाका तर्फबाट आयोजना प्रमुख इन्जिनियर राजु पोखरेलले सम्झौता अनुसार ठेकेदार कम्पनीले धरानमा निर्माण भएका १ सय ४६ किलोमिटर कालोपत्रे सडकका दुई तिर उपभोक्ताका लागि सुधारिएको पाइपलाइन विस्तार गर्नु पर्ने तथा १७ किलो मिटर डिआइ पपाइप र ३ सय ८१ किलोमिटर जिआइपाइप विस्तार गर्नु पर्ने जानकारी दिए ।

उनका अनुसार धरानको प्रकृतिक खानेपानी श्रोत मानिएको सदु–खर्दु जलाधारको संरक्षण गर्दै त्यहां आरसिसि, ग्याभिङ, प्लान्टेशन, बायोइन्जिनियरिङका काम गर्नु पर्ने छ ।

त्यसैगरी धरानको भुगोल, जनसंख्याको आधारमा पाच ठाउमा पानीको रिजर्भ ट्याङ्की निर्माण गरिने छ । अयोजना अनुसार धरानका दक्षिणी भेगका सात ठाउबाट भूमिगत पानी निकालिने छ । पानी तान्नका लागि ट्युवेलसम्म ११ केभिको विद्युत प्रसारण लाइन समेत विस्तार गर्नु पर्नेछ ।

सन २०१७ मा निर्माण सम्पन्न हुने भनिएको आयोजनाले धरानका १९ वटा वडामा आगामी २०३० सम्म बढ्ने जनसंख्या करिव अढाइ लाख उपभोक्ता करिव ४० हजारलाई १६ देखि २४ घण्टा पानी शुद्ध पानी उपलव्ध गराउने बताइएको छ ।

ठेकेदार कम्पनीका आधिकारिक प्रतिनिधि निर्माण गौलीले समय सिमाभित्र काम सक्ने वताउदै यसै साता देखि भौतिक निर्माणको काम सुरु गर्ने जानकारी दिए ।

नेपाल सरकारको तर्फबाट आयोजना निर्देशक पराग कायस्थले आयोजनाले धरानमा पुरै नया पाइपलाइन विस्तार नगरेसम्म नेपाल खानेपानी संस्थानले प्रयोग गरेको पाइपलाइनलाई नछुने बताए ।

सन १९६१ मा विच्छ्याइएको खानेपानी संस्थानको पाइपलाइन मध्ये अधिकांश काम नलाग्ने र सानो पाइप भएकाले ती पाइपलाईन लाई आयोजनाको पाइपलाइन विस्तार गरेपछि मात्र सुधार गर्दै प्रयोग गर्न सकिने बताइएको छ ।

धरानको खानेपानी भौतिक निर्माणका लागि धरान उपमहानगरपालिकाले गत २६ फर्वरीमा ग्लोवल टेण्डर आव्हान गरेको थियो ।

परियोजना अन्तर्गत कुल लागत रकमको ५० प्रतिशत एसियाली विकास वैक अनुदान, ३५ प्रतिशत नेपाल सरकार नगर विकास कोषको ऋण सहयोग र १५ प्रतिशत रकम उपहानगर पालिकाले वेहोर्ने छ ।

आयोजनका पुरा भए सगै धरानमा रहेको खानेपानि समस्या पुर्ण रुपमा हल हुने उपमहानगर पालिकाले जनाएको छ ।