काठमाडौँ, २० मंसिर । सत्तारुढ नेकपाका नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाहिने समय माग गर्न आग्रह गरेका छन् ।
नेता नेपालले स्थायी कमिटी बैठकमा आउनका लागि चाहिने समय माग्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका हुन् ।
शनिबार बालुवाटारमा भएको सचिवालय बैठकमा नेता नेपालले प्रधानमन्त्री ओलीलाई बैठकलाई नटार्न पनि आग्रह गरेका थिए ।
उनले प्रधानमन्त्री ओलीलाई आफूहरु सबै समान भएको बताउँदै कोही तल माथि नभएको जनाएका थिए ।
त्यस्तै, गल्तीमा आत्मआलोचना गर्न र अरुको कुरा पनि सुन्न प्रधानमन्त्रीलाई नेता नेपालको आग्रह रहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस