९ कार्तिक २०८३, सोमबार

नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने प्रतिवद्धता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्ने बताएका हुन् ।

पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटूू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका हिमआरोहीहरु मिङ्माग्याल्जेन शेर्पा, दावाग्याल्जेन शेर्पा र किली पेम्वा शेर्पालाई नेपालको राष्ट्रिय झण्डाका साथ विदाई गर्न शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतको आरोहण गरेर हिमाल आरोहीहरुले नेपाललाई विश्व माझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्मरण गराए ।

‘नेपाललाई विश्व माझ चिनाउन हिमआरोहीहरुले खेलेको भूमिका महत्वपूर्ण छ’, मन्त्री गुरुङले भने, ‘अवनेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्न लागि पर्नेछु ।’

मन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई अझै जोड दिएर मुलुुकलाई सूचना प्रविधिमैंत्री बनाउन सकिने पनि स्पष्ट पारे ।

उनले दोलखाको रोल्वालिङ हिमाल आरोहरणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान कायम राख्नेहरुको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहल गर्ने बताए ।

सो अवसरमा मन्त्री गुरुङले माउन्ट केटू हिमाल आरोहणमा जान लागेका तीनै जना हिमआरोहीहरुलाई सफलताको शुुभकामना व्यक्त गरेका थिए । मिङ्मा, दावा र किलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको पटक पटकआरोहण गरिसकेका छन् ।

मन्त्री गुरुङले माउन्ट केटूू हिमाल आरोहणमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै त्यसमा कुनै समस्या आए आफूलाई जानकारी गराउन पनि आरोहण दलका सदस्यलाई आग्रह गरे ।

विदाई समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याल, बागमती प्रदेशका प्रदेशसभा सदस्य सरस्वती बस्नेत, गौंरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्कालगायतको सहभागिता रहेको थियो ।

आरोहण दलका सदस्यहरुलाई मन्त्री गुरुङले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको आर्थिक सहायता प्रदान गरेका थिए भने गौरीशंकर गाउँपालिकाले २ लाख सहायता उपलब्ध गराएको थियो ।

दोलखाको गौंरीशंकर गाउँपालिकास्थित बेदिङगाउँमा मात्रै ६५ जनाभन्दा बढिले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।