
काठमाडौँ, २० मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा थप १ हजार २४ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ४ सय ५६ जना पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।
२४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सय ७७ जना पुगेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया