
काठमाडौँ, २० मंसिर । पोखरामा थप ३ जना कोरोना संक्रमितको र्मत्यु भएको छ ।
फिस्टेल अस्पतालमा २ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी ३ जना संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जनाएको छ ।
उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा महानगरपालिका १२ का ८० वर्षीय पुरुष, महानगरपालिका ११ की ७२ वर्षीया महिला र महानगरपालिका १७ का ५७ वर्षीय पुरुष रहेका छन् ।















प्रतिक्रिया