९ कार्तिक २०८३, सोमबार

बुटवलबाट १२१ गोरु नियन्त्रणमा, ५ जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौँ, २० मंसिर । रुपन्देही प्रहरीले १२१ वटा गोरु नियन्त्रणमा लिएको छ ।

पाँच वटा ट्रकबाट १२१ वटा गोरु नियन्त्रणमा लिएको हो । प्रहरीले गोरु तस्करीमा संलग्न ५ जना पक्राउ पनि गरेको छ ।

शनिबार बिहान प्रहरीले बुटवल उपमहानगरपालिका ६ अस्पताल लाइनबाट गोरु नियन्त्रणमा लिएको हो ।

गोरु पश्चिमबाट पूर्वतर्फ लगिँदै गरेपनि अन्तिम विन्दु कहाँसम्म थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरु ओसारपोसारको आरोपमा पक्राउ पर्नेहरुमा बारा निजगढ नगरपालिकाका गणेश पौडेल, जितपुर सिमरा १६ का तिलकबहादुर जिम्बा, बारा निजगढ नगरपालिका ९ का शम्भु भट्टराई, नवराज कार्की र हेटौंडा उपमहानगरपालिका १४ का लक्ष्मण दनै रहेका छन् ।

कागजात शंकास्पद देखिएपछि गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यस्तै, गोरु ओसारपसारमा ना ५ ख ५६५५, ना ८ ख ७३०२, बागमती प्रदेश ०३ ००१ ख ०३३३, ना ६ ख ५७१२ र ना ५ ख ७५३९ नम्बरका ट्रकहरु प्रयोग गरिएका थिए ।

ट्रक, गोरु र पक्राउ परेकाहरुलाई आवश्यक कार्वाहीका लागि पशु क्वारेन्टाइनमा पठाइएको जनाइएको छ ।