२९ आश्विन २०८३, बिहिबार

दुर्घटनाग्रस्त जहाजको ब्ल्याक बक्स भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airbus-A320पेरिस, ११ चैत । मङ्गलबार फ्रान्समा दुर्घटनाग्रस्त जर्मनविङ्सको विमानको ब्ल्याक बक्स भेटिएको समाचार छ । फ्रान्सेली मन्त्रीले सो कुराको जानकारी दिनुभएको हो ।

स्पेनबाट जर्मनतर्फ जाँदै गरेको जर्मनविङ्सको एयरबस ३२० विमान फ्रान्सको एल्पस् पर्वतमालामा मङ्गलबार दुर्घटनाग्रस्त भएको थियो ।

फ्रान्सका गृहमन्त्री बर्नाड क्याजनोभले सो विमानमा रहेको ब्ल्याक बक्स भेटिएको र त्यसको अध्ययनबाट दुर्घटनाका बारेमा अनुसन्धान गरिने जानकारी दिनुभएको हो ।

जर्मनविङ्सका अनुसार सो विमानमा छ चालक दलका सदस्य र १४४ यात्रु रहेका थिए । सबै यात्रुको निधन भएको छ । स्पेनको बार्सिलोनाबाट जर्मनीको डुसेलडोर्फतर्फ गइरहेको सो विमान दुर्घटनास्थलबाटै उक्त बक्स भेटाइएको हो ।

उक्त विमानबाट कक्पिट भ्वाइस रेकर्डर पनि अनुसन्धानका लागि पठाइएको फ्रान्सेली मन्त्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सो अनुसन्धानबाट कयौँ तथ्य खुल्नेछ । रासस/एएफपी