२ कार्तिक २०८३, सोमबार

चीनको एक कोइला खानीमा विषालु ग्यास चुवाहट हुँदा १८ जनाको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० मंसिर । चीनको एक कोइला खानीमा विषालु ग्यास चुहावट हुँदा १८ जना मजदुरको मृत्यु भएको छ ।

दुर्घटनामा अरु ५ जना मजदुर बेपत्ता रहेका छन् ।

चीनको दक्षिण–पश्चिममा रहेको कोइला खानीमा कार्बन मोनोअक्साइड ग्यास चुहावटले मजदुरको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । डियाशुइडोङ खानीबाट एकजनालाई उद्धार गरिएको छ ।

चिनियाँ अधिकारीका अनुसार मजदुरले जमिनमुनि खानीमा काम गरिरहेका बेला ग्यास चुहावट भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।