काठमाडौं, २० मंसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज शनिबार केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गर्दै हाल भारतको पूर्वी उत्तर प्रदेश र बिहारको आसपासमा न्यूनचापीय प्रणाली बनेकोले हल्का वर्षा हुन सक्ने जनाएको हो ।
महाशाखाले हाल देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।
यसैगरी, शनिबार दिउँसो देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहने छ ।
यस्तै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । शनिबार राति प्रदेश १ तथा बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहने छ ।