२ कार्तिक २०८३, सोमबार

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १९ मंसिर । जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरी टोलीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको सिम्रौनगढ गनरपालिका–८ बस्ने २३ वर्षीय सैनुल्लाह अन्सारी छन् । बीआर ०५ एजी ८०७५ नम्बरको भारतीय मोटरसाइकलमा सवार अन्सारीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बैनौलीबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो ।

सशस्त्रको टोलीले उनी सवार मोटरसाइकल समेत बरामद गरेको छ ।