९ कार्तिक २०८३, सोमबार

पेट्रोलियम पदार्थ बिक्रेताले पम्प भाडामा लगाउन नपाइने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १९ मंसिर । पेट्रोलियम पदार्थको बिक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् ।

पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जनाएको हो ।

निगमले जारी गरेको सूचनामा भनिएको छ, “पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड) मा व्यवस्था भएअनुसार कुनै पनि बिक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ भन्ने प्रावधान रहेको छ । यस प्रावधानअनुसार बिक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावलीबमोजिम आफैं सञ्चालन गर्न अनुरोध गरिएको छ ।”

निगमले पटकरपटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्म भाडामा लगाएको पाइएमा कारवाही हुने जनाएको छ । –रासस