
काठमाडौँ, १९ मंसिर । पाल्पाको रामपुरमा छतबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमाल रहेका छन् । उनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय दाङले कच्चीघरको एक तले छतबाट भूइँमा खसेर गम्भीर घाइते भएका थिए ।
उनको उपचारका लागि रामपुर अस्पताल ल्याएपछि मृत्यु भएको जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया