
काठमाडौँ, १९ मंसिर । झापाको बिर्तामोडस्थित प्लाई उद्योगमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
शुक्रबार विहान बिर्तामोड नगरपालिका २ मा रहेको उक्त उद्योगमा विद्युत सर्ट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागीबाट ३० लाखको क्षति भएको हो ।
विहान सवा ७ बजे लागेको आगो १० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दासहित, बिर्तामोड, भद्रपुर, दमकको दमकल तथा जनपद प्रहरी, सशस्त्र प्रहरीलगायतले आगो नियन्त्रणमा लिन योगदान गरेका थिए ।















प्रतिक्रिया